उम्मेदवार प्रोफाइल
Candidate Profile
Letter to GANS Voter
आदरणीय GANS परिवार तथा सम्पूर्ण नेपाली समुदाय,
Greater Austin Nepali Society (GANS) को Executive Committee सदस्य पदका लागि मेरो उम्मेदवारी घोषणा गर्न पाउँदा म अत्यन्त खुशी र जिम्मेवारी महसुस गर्दछु। एक सामाजिक स्वयंसेवकको रूपमा मैले सधैं एकता, पारदर्शिता, जिम्मेवारी र सामुदायिक सेवामा विश्वास गरेको छु।
मेरो प्रतिबद्धता स्पष्ट छ — GANS र अष्टिन क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको हितका लागि इमानदारी, जिम्मेवारी र समर्पणका साथ काम गर्ने। संस्थाको हित र समुदायको आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।
हामी सबै मिलेर अझ बलियो, प्रगतिशील, संगठित र सहयोगी नेपाली समुदाय निर्माण गर्न सक्छौं।
आगामी GANS निर्वाचनमा मलाई र हाम्रो टिमलाई तपाईंहरूको अमूल्य मत, साथ र समर्थन प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। तपाईंहरूको विश्वास र समर्थन नै हाम्रो प्रेरणा हुनेछ।
🙏 धन्यवाद। बिनम आचार्य Executive Committee सदस्य पदका उम्मेदवार – GANS
#एकता #सेवा #जिम्मेवारी #GANS #NepaliCommunity
Together, we can build a stronger, more connected, and more supportive Nepali community for current and future generations.